अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदी तथा खोलामा आज बाढी बढ्ने

यी जिल्लाका नदी तथा खोलामा आज बाढी बढ्ने


काठमाडौँ–देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जसले गर्दा देशका केही भू–भागमा आज बाढीको पूर्वानुमान रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका ठूला नदी र तिनका सहायक नदीहरुमा जलसतह बढ्नेछ । आज कोसी, कर्णाली र महाकालीमा जलसतह सामान्य बढ्ने तथा नारायणीमा उल्लेख्य बढ्नेछ ।

यस्तै आज इलाम, झापा, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), रुपन्देही, पाल्पा, गुल्मी र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब उल्लेख्य बढ्न सक्ने तथा आकस्मिक बहावको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

साथै, संखुवासभा, पाँचथर, मोरङ, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा, जाजरकोट, सल्यान, सुर्खेत र आसपास भई बहने केही स–साना नदीहरुमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

Skip This