अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस त प्रचण्डले जे भन्यो त्यही मान्ने भइसक्यो: अध्यक्ष ओली

कांग्रेस त प्रचण्डले जे भन्यो त्यही मान्ने भइसक्यो: अध्यक्ष ओली

१० सीटे माधव नेपालले कांग्रेस र माओवादीको पछि लाग्छु भन्न सुहाउँछ तर कांग्रेस चाहिँ ३२ सीटको पछाडि किन लागेको छ ?


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस कामै नलाग्ने थोत्रो भइसकेको बताउनु भएको छ।अहिलेको कांग्रेस माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जे भन्यो त्यही मान्ने भइसकेको ओलीले टिप्पणी गर्नुभयो।

आज पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘कांग्रेस साँच्चै थोत्रो भयो, पुरानो भयो, आफैं केही पनि गर्न नसक्ने अवस्थामा पुग्यो। केही गर्न नसकेकै कारण ८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ। कांग्रेस अहिले निरीह भएको छ। आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । कांग्रेस कामै नलाग्ने भएको छ।

बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबिना सत्ता चल्नै नसक्ने बताएको प्रसंगलाई कोट्याउँदै ‌ओलीले उहाँको नियति नै त्यही भएको टिप्पणी गर्नुभयो ।

‘माधव नेपालले कांग्रेसबिना चल्नै सकिँदैन भन्नु त ठीक हो। जेसुकै गल्ती गरे पनि कांग्रेसबिनाको सरकार सोच्न सकिँदैन, हामी कांग्रेसका पछि लाग्छौँ, हामी कांग्रेसकै सहारामा बाँचेका छौँ भन्नु ठीकै होला’, उहाँले भन्नुभयो, ‘माधव नेपालालई त त्यसो भन्न सुहाउँछ। तर, कांग्रेस चाहिँ ३२ सीटको पछाडि किन लागेको छ।’

अध्यक्ष ओलीले कांग्रेस बुढो भइसकेको टिप्पणी गर्नुभयाे। उहाँले भन्नभयो, ‘हिजोको कांग्रेस होइन अब बुढो भइसक्यो।’

अध्यक्ष ओलीले माओवादीसँग कुनै नीति नभएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन्। माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन। यिनीहरुसँग कुनै नीति छैन।’

Skip This