अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुस् जनकपुरमा एमाले मधेस प्रदेश अधिवेशन

तस्वीरमा हेर्नुस् जनकपुरमा एमाले मधेस प्रदेश अधिवेशन


जनकपुरधाम-नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशन सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा बुधबार उद्घाटन गर्नुभएको अधिवेशन दुईदिनसम्म चल्नेछ। 

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र परिसरमा सुरु भएको अधिवेशनमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई र रघुविर महासेठ सहभागी हुनुहुन्छ।

 अधिवेशनमा मधेस प्रदेशका आठ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी छन् ।

अधिवेशनले एक हजार २३५ जना पदाधिकारीसहित नयाँ प्रदेश कमिटी चयन गर्नेछ। एमाले मधेस प्रदेशको अध्यक्षका लागि राजनारायण साह, चन्देश्वर मण्डल, लक्ष्मीनारायण यादव, बिचारी यादवलगयतले अकांक्षा देखाउनु भएको छ।

एमालेले अधिवेशन व्यवस्थापनका लागि १०५ जना स्यमंसेवक परिचालन गरेको छ।