अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको कामबाट आफ्नो भविष्य अन्धकार देखेर कांग्रेस र माओवादी अतालिए: अध्यक्ष ओली

एमालेको कामबाट आफ्नो भविष्य अन्धकार देखेर कांग्रेस र माओवादी अतालिए: अध्यक्ष ओली


जनकपुरमा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गरिरहेको बताउनु भएको छ।

एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले विरोध गर्दा पनि एमालेलाई धराशायी बनाउन नसक्ने बताए । उहाँले भन्नभयो, ‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन । एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी पनि एमालेको राम्रो काम देखेर आत्तिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तपाईहरु सच्चिनुस् । सचिएनौं भने भविष्य राम्रो हुने छैन। अन्धकारमा जाने नै छ ।’

अभिभावक विहीन बालबालिकालाई संरक्षण गर्ने काम एमालेले गरेको ओलीले बताउनुभयो । नेपाल भिखमंगाको देश होइन भनेर सडक मानवलाई व्यवस्थापनको काम एमालेले गरे गरेको उहाँले बताउनुभयो । ‘यस्ता सामाजिक सुधारका काम कति भए कति’, ओलीले भन्नुभयो । 

एमाले सरकार बनेपछि जनकपुरमा ढलको व्यवस्था गरेको उहाँले सुनाउनुभयो । एमाले सरकारमा हुँदा सामाजिक विकास, नागरिक सुरक्षा, सडक, पूर्वाधार निर्माण लगायतका अनेक काम भएका उहाँले स्मरण गराउनुभयो । एमाले सरकार बन्नुभन्दा अघिको जनकपुर ढल्केबहरबाट आउन आफूलाई अढाई घण्टा लागेको बताउँदै ओलीले एमालेको पालामा सडक मर्मत गरेपछि १५ मिनेटमा जनकपुर आउन सकिने भएको उहाँले प्रष्ट पार्नुभयो । अरू कुनै सरकारले गर्न सकेन, त्यो काम नेकपा एमालेले गर्‍यो’, उहाँले भन्नुभयो । 

एमालेले सुरु गरेको ज्येष्ठ नागरिक भत्ता एमालेकै पालामा बढाएर ४ हजार पुर्‍याएको उहाँले बताउनुभयो । देशका कुनै पनि भागमा उभिएर जता हेरे पनि एमाले सरकारले गरेको काम देखिने उहाँले दाबी गर्नुभयो । ‘जता हेर्‍यो एमाले’, भन्नुभयो । 

देशको विकास र समृद्धिको लागि काम गरिहरेको एमालेसँग डराएकाले एमालेको सरकार ढाल्ने काम गरेका उहाँले बताउनुभयो । एमालेले आर्थिक वृद्धिदर तीन वर्षमा बढार सात प्रतिशत पुर्‍याएको उहाँले स्मरण गराउनुभयो । ९ लाख मानिसलाई गरिबीको रेखामुनिबाट एमालेले माथि उठाएको उहाँले बताउनुभयो । एमाले सरकारको पालामा विदेश जाने युवाको सङ्ख्या १८ प्रतिशतले घटाएको ओलीले सुनाउनुभयो ।

एमालेले काम गर्न नसकेको कारण नभई विरोधी एमालेको काम देखेर आत्तिएका उहाँले प्रष्ट पार्नुभयो । एमालेका विरोधी एमालेले मौका पाउने बित्तिकै काम गर्न सक्छ र आफ्नो सटर बन्द हुन्छ भनेर विरोधी आत्तिएका उहाँले बताउनुभयो । 

 

Skip This