अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली देखि विश्वप्रकाश र लिङ्देन देखि राम कार्कीसम्मलाई जुटाएर झापा सम्पर्क मञ्चले शुभकामना कार्यक्रम गर्ने

अध्यक्ष ओली देखि विश्वप्रकाश र लिङ्देन देखि राम कार्कीसम्मलाई जुटाएर झापा सम्पर्क मञ्चले शुभकामना कार्यक्रम गर्ने


काठमाडौं-नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुभकामना तथा चियापान कार्यक्रम गर्ने भएको छ।

सम्पर्क मञ्चको आयोजनामा २०८० सालको दशैँ, तिहार, नेपाल सम्वत एवं छठ लगायत समस्त नेपाली पर्वहरुको उपलक्ष्यमा जिल्लाबासीहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ असाेज २७ गते शनिवारको दिन काठमाडौं तिनकुनेस्थित ताज बैङक्वेटमा दिउँसो १२:३० बजे गर्न लागेको हो।

उक्त कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका सचिव राम कार्की अतिथि हुनुहुन्छ।

चियापान कार्यक्रमका लागि राजनीतिक दलका शीर्ष नेताहरु, पत्रकार, वकील, उद्योगी व्यापारी, कलाकार, नेता तथा-कार्यकर्ता सहित शुभेच्छुक सर्वसाधारणहरुलाई निम्तो गरिएको सम्पर्क मञ्चले जनाएको छ। सम्पर्क मञ्चले हरेक वर्ष दशैंमा चियापान कार्यक्रम गर्दै आएको छ।

Skip This