अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंका लागि नयाँ नोट सटही सुरू 

दशैंका लागि नयाँ नोट सटही सुरू 


काठमाडौं-नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको छ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन्।

५, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । नयाँ नोट सटही सुरु भएसंगै बालुवाटारस्थीत राष्ट्र बैंकका सर्वसाधारणको लामो लाइन लागेको छ।

Skip This