अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलबाट थप १९ नेपालीको उद्धार

इजरायलबाट थप १९ नेपालीको उद्धार


काठमाडौं-हमास हमलाका कारण द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ।

सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो। 

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो।

मन्त्रालयले स्थानीय समयानुसार इजरायलको तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। 

उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ। यसअघि पहिलो चरणमा इजरायलबाट सरकारले २५४ नेपालीलाई स्वदेश ल्याइसकेको छ।

अहिले उद्धार गरिएका १९ नेपाली यसप्रकार छन्-
-नन्दसिंह भुल

-सुजेन्द्र खड्का

-प्रतिभा रौनियार

-अनुमा डंगोल

-हिना खाँण

-आतिस गुरुङ

-जुनु गुरुङ

-मौसमी पाख्रिन

-प्रतिमा तिम्सिना

-राजकुमार मानन्धर

-संगीता दुलाल

-उर्मिला रावल

-ममता थापा

-दिलकुमारी अधिकारी कार्की

-निश्चल श्रेष्ठ

-समिता बस्नेत

-अम्बिका सुवेदी

-सरिता गुरुङ

-उर्मिला श्रेष्ठ

Skip This