अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यद्वारा सामूहिक राजीनामा

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यद्वारा सामूहिक राजीनामा


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामूहिक राजीनामा दिएका छन्।

उनीहरुले भर्खरै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. मदन उपाध्यायमार्फत मन्त्रालयलाई सम्बोधन गर्दै सामुहिक राजीनामा दिएका हुन्। बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका छन् ।

सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा स्वास्थ्य सेवाका क्रममा हुने भड्किलो खर्च कम गर्दै र गुणस्तरीय सेवामा जनताको सर्वसुलभ पहुँच स्थापित गर्न स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा रही नीति, कार्यविधि र कार्यक्रम तयार पारी लागू गर्ने कार्यमा क्षमताले न्यायसम्म योगदान गरियो । बदलिँदो परिवेश र हाम्रो व्यवहारिक कारणले हजुर समक्ष यो सामूहिक राजिनामा दिएका छौं।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार मात्रै स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव एवम गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख उपाध्यायलाई दिनु भएको थियो ।