अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोममा दसैँ स्पेशल शो, चलचित्र छक्का पञ्जा-४ नि:शुल्क हेर्न सकिने

डिशहोममा दसैँ स्पेशल शो, चलचित्र छक्का पञ्जा-४ नि:शुल्क हेर्न सकिने


काठमाडौं-वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ।

यो चाडवाडको मौसममा डिशहोमले आफ्ना ग्राहकलाई मनोरन्जन प्रदान गर्नका लागि दसैँ स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ।

डिशहोमको सबै ग्राहकले बिना कुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निशुल्क हेर्न सक्नेछन्। यस्तै, दसैँ मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ।

डिशहोमको यो प्रयासले सपरिवार सँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत हाम्रो ग्राहकहरुले लिन सक्ने कम्पनीले विश्वास लिएको छ।

Skip This