अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ ?’ टिकटक प्रतिस्पर्धाको आयोजना गर्दै

नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ ?’ टिकटक प्रतिस्पर्धाको आयोजना गर्दै

प्रथम हुनेलाई नगद रु.३० हजार पुरस्कार


काठमाडौं-लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क) सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ।

प्रथम हुनेलाई नगद रु.३० हजार, द्वितियलाई रु. २० हजार र तृतीयलाई रु. १० हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही कात्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन्।

दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्। कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने बताएका छन्।

Skip This