काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारले बन्द गरेको आरोप लगाउनु भएको छ।
काठमाडौं २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले आफ्ना मान्छेको अनुहार देखिएपछि सरकारले भ्रष्टाचारको फाइल सबै बन्द गराएको बताउनुभयो।
उहाँले भन्नभयो, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्दा हामीले स्वागत गरेका थियौं। संसदमा मैले नै उभिएर भनेको थिएँ, भ्रष्टाचारको फाइल खोल्यो, जरोसम्म पुग्नु भनेको थिएँ। जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउनासाथ सरकारको सातो गयो । त्यहाँ त आफ्नो मान्छेको अनुहार झल्झल्ती आयो। आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभइ बन्द गरेर जस्ताको तस्तै बनेको छ।’
उहाँले २०८४ सालपछि अहिले सरकारले बन्द गरेको फाइलको धुलो टक्टक्याएर सबैलाई कारबाही गर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘केही चिन्ता गर्नुपर्दैन, २०८४ मा सबै धूलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैंका लागि बन्द गर्छौं । हाम्रो परिवारदेखि मन्त्री, सांसद प्रधानमन्त्रीसम्म भए पनि छाड्दैनौं ।’






प्रतिक्रिया