अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्तिनगरको हरिसिद्धी आयल स्टोर सिल

शान्तिनगरको हरिसिद्धी आयल स्टोर सिल


काठमाडौं-काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल गरेको छ।

आज प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले जानकारी दिनुभयो।

र्‍यापिड रेस्पोन्स टिमले विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ। मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेका पम्पमा सो टोलीले सिल गरेको जनाएको छ।

Skip This