अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने


काठमाडौँ-राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ।

बडादशैं, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा विभिन्न व्यक्तिहरुलाई समय तालिका अनुसार टीका  प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिले विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

टिका ग्रहण गर्न जाने व्यक्तिले मर्यादित पोशाक लगाउन र राष्ट्रपतिका कार्यालयको १ नम्बर प्रवेशद्वार प्रयोग गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ। 

Skip This