अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

दशैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार


काठमाडौंः यसपालिको दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ। 

एयरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत् ‘महोत्सवको बहार, यतिको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत कम्पनीले असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतिमा यात्रा गर्ने यात्रुहरूमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो। 

सोही योजनाअन्तर्गत दोस्रो बिजेताले थाइ लायनको तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले एलजीको वासिङ मेसिन र चौंथो बिजेताले श्री बालाजी डाइमण्डको तर्फबाट हिराको टप जित्नेछन्। 

साथै, यति मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरूमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन्।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसर्ट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन्।

डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरूले विमानमा इन फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दसैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेस गर्नु पर्नेछ।

सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरूमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

यो योजना आफ्ना यात्रुहरूबीच खुशी बाड्न र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको एयरलाइन्सको भनाइ छ।

योजना सकिएलगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरू घोषणा गरिने एयरलाइन्सले जानकारी दिएको छ।

 

Skip This