काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको छ।
नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गर्नुभएको हो। उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।
मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिशेक कार्यक्रम गरिँदै आएको छ। अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजनहरु दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताउनुभयो।




प्रतिक्रिया