काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउनुहुने भएको छ। यही कात्तिक १२ देखि १५ गतेसम्म महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको चारदेखि औपचारिक नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो। यसअघि गत असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको महासचिव गटेरेसको भ्रमण स्थगित भएको थियो।
गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो।






प्रतिक्रिया