अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पुर्‍याउनुपर्छ: अमृतलाल राजवंशी

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पुर्‍याउनुपर्छ: अमृतलाल राजवंशी


काठमाडौँ-नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको मुलुक हो। हामी अहिले दशैं, तिहार र छठ लगायतका चार्डपर्वको मनाउने तयारीमा छौं।

विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो परिचय र सम्पत्ति हो। वर्गीय, जातीय, क्षेत्रीय भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अत्य गर्ने राज्यले सङ्कल्प लिएको छ।

शान्तिकामी नेपाली हुनुका नाताले विविधतायुक्त समाजमा रहेका धर्म, संस्कृति, सामाजिक चालचलन, परम्परा, मूल्यमान्यता र रीतिरिवाजको सम्मान गर्दै प्रत्येक जाति–समुदायको चाडपर्वमा सरिक हुने र शुभकामना अदान प्रदान गरी सामाजिक सद्भाव कायम राख्नु सबैको कर्तव्य हो।

यसैबीच, नेकपा एमाले नेता अमृतलाल राजवंशीले आउँदै गरेको बडादशैं, दीपावली र छठपर्वको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै सामाजिक विविधताका कारण एकअर्का समुदायको संस्कार र संस्कृतिको उच्च सम्मान गर्ने यस्तो अनुपम परम्परा नै हाम्रो राष्ट्रिय गौरव भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘जुनसुकै जाति, धर्म, वर्ग र समुदायका चाडपर्वमा सहभागी हुने, शुभकामना आदानप्रदान गरी आपसमा सद्भाव कायम गर्ने हाम्रो अनमोल पहिचान छ, यो मूल्यमान्यता, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन्, एकाकार भएर यसलाई जोगाउनुपर्छ, संसारभर पु¥याउनुपर्छ।’

नेपाली समाजमा मनाइने सबै चाडबाड–पर्व र संस्कृतिप्रति एक–अर्काले सद्भाव राखी सहभागी हुने तथा सामाजिक सञ्जालद्वारा शुभकामना आदानप्रदान गरी सद्भाव कायम राख्ने गरिएको बताउँदै सांसद राजवंशीले भन्नुभयो, ‘हाम्रो यो अनुपम मौलिक पहिचान र संस्कृतिसहितको हार्दिकतालाई अझ उचाइ प्रदान गर्नुपर्छ।’

अर्नामणि बहुमुखी क्याम्पसको संस्थापक सदस्य तथा विसं २०३६ देखि राजनीतिमा प्रवेश गर्नुभएका राजवंशी सडक र पुल मात्र नभई संविधान निर्माणसम्म सक्रिय रहनुभयो। उहाँसग यसअघि विसं २०६४ देखि विसं २०७२ सम्म संविधानसभा सदस्य तथा विस २०७४ सम्म प्रतिनिधिसभा सदस्यका रुपमा काम गरेको अनुभव छ।

झापा विर्तामोड स्थायी घर भएका सांसद राजवंशी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य हुनुहुन्छ भने यसअघि उहाँले कृषि समिति र सार्वजनिक लेखा समिति सदस्य भई काम गर्नुभयो ।

उहाँले प्रतिनिधिसभाको निर्वाचन भएपछि ११ महिनाको संसदीय अभ्यासमा आफू र जनताले अपेक्षाअनुरुप कानुन निर्माण गर्न नसके पनि विधेयक सदनमा ल्याउने, छलफल गरी समृद्ध तुल्याउने, समितिमा पठाउने सन्दर्भदेखि पारित गर्नेसम्मका तितामिठा मिश्रित अनुभव हासिल गरेको प्रतिक्रिया दिनुभयो ।

सांसदको मुख्य काम कानुन तर्जुमा भए पनि जनताको अपेक्षाअनुरुप विकास निर्माणमा संलग्न हुनु पनि त्यतिकै जिम्मेवारी हुने उहाँले प्रतिक्रिया दिनुभयो । सांसद राजवंशीले भन्नुभयो, ‘जनप्रतिनिधि हुनुका नाताले आफूसँग मतदातले हाम्रा बाटो र पुल किन बनेनन्, पोखरी र सिँचाइमा बजेट परेन, कृषिका लागि मल खाद्य पाइएन, शिक्षाको विकासमा राज्यले ध्यान पु¥याएन भनी निरन्तर र स्वभाविक ढङ्गबाट आवाज उठाउने गरेका छन्।’

विकास निर्माण जनप्रतिनिधिमार्फत नै हुनुपर्छ भन्ने समाजमा दृढ विश्वास र बुझाइरहेको बताउँदै सांसद राजवंशीले जनहितमा लागेकाले गाउँ, टोल र समाजमा एकाकार भएर काम गर्ने सिलसिलामा मतदातासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गरी उठाइएका माग र मुद्दा ५० प्रतिसतसम्म सम्बोधन गर्दैआएको बताउनुभयो ।

जनताले सांसदसँग विकास निर्माणका विषय उठाउनुलाई स्वभाविक भन्दै उहाँले देशमा घाटा बजेटको स्थितिलाई जनताले बुझेकाले मुलुकको आर्थिक स्थितिमा सुधार आएपछि आगामी दिनमा बाँकी योजनालाई क्रमैसँग सम्बोधन गरिने आश्वासन दिने गरेको जानकारी दिनुभयो ।

जनताको अगुवाइ गरिरहेका नाताले प्रत्येक जनप्रतिनिधिले आफ्नो बोली–व्यवहार, प्रस्तुति र अनुशासनको पाटोमा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै नेता राजवंशीले असल प्रतिनिधिका रुपमा समयअनुसार विचार राख्नुपर्नेमा जोड दिनुभयो ।

राज्यको पहिलो प्राथमिकता नै सुशासन र भ्रष्टाचार न्यूनीकरण रहेको तथा प्रत्येक सरकारले त्यही नारा घन्काए ता पनि भ्रष्टाचार बढिरहेको रहेको बताउँदै नेता राजवंशीले राजनीतिक अस्थिरता, धेरै खाले संरचना, झन्झटिलो सरकारी प्रक्रिया र हालको निर्वाचन प्रणालीले त्यसमा मलजल पु¥याइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा गएको दलले जबसम्म स्थायित्व पाउँदैन, तबसम्म सुशासन र भ्रष्टाचारको विषय कार्यान्वयन हुन कठिन र जटिल छ, समाजमा देखिएका छाडातन्त्र अन्त्य गर्न चुनौती छ, त्यसका लागि राजनीति प्रतिबद्धता र दृढ सङ्कल्प हुनुपर्छ।’

सबै वर्ग र समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व रहने सुनिश्चिता गरी प्रतिनिधिसभामा हाल रहेको सदस्य सङ्ख्या घटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अवलम्बन गर्न आवश्यक रहेको विचार प्रकट गर्दै सांसद राजवंशीले सबैको सहभागिता हुने र दल विशेषको बहुमत आई राजनीतिक स्थिरता प्राप्त हुने भएकाले यसमा सबैको एकैखाले बुझाइको खाँचो आँैल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा नेताको इच्छाशक्ति र इमान्दारिता चाहिन्छ, यो मुलुक अल्पसङ्ख्यक जाति र समुदायको हो । भौगोलिक विविधता छ, सबै क्षेत्रको समावेशी र समानुपातिक प्रतिनिधित्व सवै दलमा गर्न सकियो भने प्रत्यक्ष निर्वाचनले राम्रै परिणाम दिन्छ, अनि सरकार र प्रणाली दुवै दीगो हुन्छ ।’

मुलुकमा निष्ठा, इमान्दारी र मर्यादाको राजनीतिक स्थापित नभएसम्म सही नेता र राजनीतिक निकास प्राप्त गर्न कठिन हुने तर्क गर्दै उहाँले पछिल्लो समय राजनीति सेवा नभई व्यवसाय र व्यापार बन्न पुगेकाले समाजको मूल्य र मान्यता, अनुशासन, नैतिकतामा चोट पुगेको प्रतिक्रिया दिनुभयो।


Skip This