अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघद्वारा भोजपुर बसपार्क सरसफाइ

युवा संघद्वारा भोजपुर बसपार्क सरसफाइ


भोजपुर-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले भोजपुर बसपार्क क्षेत्रमा सरसफाइ गरेको छ।

युवा संघ नगर कमिटीको आयोजनामा नयाँ बसपार्क र नाली सरसफाइ गरिएको हो। नागरिकसँग प्रत्यक्ष जोडिँदै आफ्नो गाउँको विकासमा युवा शक्ति परिचालनको प्रेरणा जागृत गराउन सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष दीपेन्द्र दर्नालले बताउनु भयो ।

चाडवाडको अवसर पारेर गरिएको सरसफाइको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई, युवा संघका केन्द्रीय सदस्य विमल रणपहेँली, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रताप तामाङलगायतले नेतृत्व गरेका थिए ।

Skip This