अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातदोबाटोको महालक्ष्मी पेट्रोल पम्प पनि सिल गरियो

सातदोबाटोको महालक्ष्मी पेट्रोल पम्प पनि सिल गरियो


ललितपुर-ग्राहकलाई पेट्रोल बेच्दा तोकिएको परिमाणभन्दा कम दिएको आरोपमा अनुगमन समितिले ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरेको छ। 

शुक्रबार बिहान प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई तोकिएभन्दा कम परिमाण पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

यसअघि बिहीबार सोही आरोपमा अनुगमन टोलीले काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल गरेको थियो। 

सरकारले काठमाडौँ उपत्यकामा अहिले पेट्रोल पम्प अनुगमन अभियान नै चलाएको छ। 

मिटर बिगारेर मूल्यभन्दा कम पेट्रोल दिने गरेको पाइएपछि पेट्रोल पम्प सिल गर्ने गरिएको अनुगमन टोलीले जनाएको छ।

Skip This