अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु

धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु


काठमाडौं-नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। 

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।