अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको शुभकामना कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा

अध्यक्ष ओलीको शुभकामना कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा


झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापामा आइपुग्नु भएको छ।

२०८० सालको बडादसैँ, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ।

कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ। कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन्।

केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए।

अध्यक्ष ओली सहभागी हुने कार्यक्रम स्थल सिटी सेन्टर दुर्गा प्रसाईँको बीएण्ड सी अस्पतालभन्दा दुई सय मिटरजति टाढा छ।

अध्यक्ष ओलीले आयोजना गर्ने शुभकामना कार्यक्रममा जिल्लामा उपलब्ध विभिन्न पार्टीका शिर्ष नेताहरुलाई पनि आमन्त्रण गर्ने गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,काँग्रेस नेता कृष्ण प्रसाद सिटौला महामन्त्री विश्प्रकाश शर्मा लगायतका नेताहरु कार्यक्रममा सहभागी हुने गरेका छन् ।

शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले सहभागीहरुसँग व्यक्तिगत भेटघाट गर्ने, तस्विर खिचाउने कार्यक्रमहरु हुने गर्दछन् । आजको कार्यक्रममा स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रमको प्रदर्शनी समेत हुने ढुंगेलले जानकारी दिनुभयो।

अध्यक्ष ओली दशैंका तीन दिन झापाको दमक स्थित आफ्नो निवासमा बस्ने नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।