अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु


दोलखा-दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

विगु गाउँपालिका-२ ओराङमा बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका चिनिमाया तामाङ र बलिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दोलखाको सिंगटीबाट बासपानी जाँदै गरेको बोलेरो ओराङ राईबेटारमा सोमबार बेलुका पौने ७ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। 

घाइते भएका ६ जनामध्ये तीन जनाको सिगटीमा उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।