काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिनुभएको छ।
उहाँले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिनुभएको हो।
त्यस्तै, राष्ट्रपति पौडेलले आज दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका-जमरा लगाइदिनुभयो । सर्वसाधारणको लाइन बाँकी नै रहेकाले निर्धारित समयभन्दा एक घण्टापछिसम्म पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने क्रम जारी रहेको थियो।






प्रतिक्रिया