अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनले बनायो ग्याजेटबाटै चुम्बन गर्न सक्ने मेसिन

चीनले बनायो ग्याजेटबाटै चुम्बन गर्न सक्ने मेसिन


चीन-चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ।

रिमोट किसिङ डिभाइस नाम दिइएको उक्त उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ । ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभूति गर्न सक्छन् । यस डिभाइसलाई चीनमा ‘वास्तविक’ शारीरिक घनिष्ठता साझा गर्ने तरिकाको रूपमा विज्ञापन गरिएको छ।

यो डिभाइस प्रयोग गर्न प्रयोगकर्ताहरूले मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ। तत्पश्चात चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण घुसाएर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् र एपमार्फत आफ्ना साझेदारहरूसँग साझेदारी गरेपछि एकअर्कालाई आफ्नो स्मुचका प्रतिलिपिहरू पठाउन सकिन्छ। उक्त डिभाइसले चीनमा मिश्रित प्रतिक्रिया पाएको छ।

यस डिभाइसलाई चिनियाँ सामाजिक सञ्जालमा मजाक गरिएको छ। यो अश्लील र तर्साउने किसिमको भएको उनीहरूको टिप्पणी छ । यो डिभाइस ४१ डलरमा उपलब्ध छ । यसलाई उपयोग गर्नका लागि प्रयोगकर्ताले एक यापमार्फत यसलाई फोनको चार्जिङ पोर्टमा जोड्नुपर्छ।

कुरा गर्ने दुवै प्रयोगकर्तासँग यो याप हुन आवश्यक छ । त्यसपछि उनीहरू भिडियो कलमा कुरा गर्न सक्छन् अनि डिभाइसमा बनेको सिलिकनका ओठहरूलाई चुम्न सक्छन् । एकातर्फ ओठले जस्तो गतिविधि गर्छ, अर्कोतर्फ ओठ त्यसैगरी हल्लिन्छ।

Skip This