अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापको पकरवासस्थित मदन भण्डारीको शालिक तोडफोड

रामेछापको पकरवासस्थित मदन भण्डारीको शालिक तोडफोड


रामेछापरामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबास स्थिति को सल्लेनी वनमा रहेको जननेता स्वर्गीय मदन भण्डारीको सालिक अज्ञात समुहले तोडफोड गरेको छ ।

मन्थली–पकरबास–गाल्पा सडकसँगै जोडिएको मदन भण्डारी पार्कमा राखिएको सालिक तोडफोड भएको हो। महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड भएको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो। मदन भण्डारीको सालिकको एउटा गोडा नै भाँचेर फालिएको छ। सालिकको अन्य विभिन्न भागमा ढुङ्गाले हानेर क्षति पुर्याइएको पौडेलले बताउनुभयो।

यसअघि पनि सो पार्कको गेटको ताला पटक पटक फोडिएको थियो । अहिले पार्क भित्रै पसेर सालिक र मार्बल समेत तोडफोड गरिएको पौडेलले जानकारी दिनुभयो।

एमाले नेता डोरमणि पौडेल मुख्यमन्त्री कैलाश ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा खाँडादेवी–५ को पकरबासमा मदन भण्डारी पार्क निर्माण गरिएको हो। वर्तमान वडाध्यक्ष मनोज पौडेलको नेतृत्वमा सो पार्क निर्माण गरिएको भएको थियो।

यसअघि पनि सो पार्कलाई लक्षित गरी फरक विचार राख्ने केही व्यक्तिहरूले विभिन्न अफवाह फैलाउने गरेको पौडेलको भनाइ छ । अहिले तिनै व्यक्तिहरूले सालिक तोडफोड गरेको हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । पौडेलले घटनामा संलगनलाई खोजी गरी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।