अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं-नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ। आज १ हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।

अघिल्लो  साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार चाँदी १४ सय रुपैयाँ कारोबार भएको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली १३२ रुपैयाँ ९० पैंसा र बिक्रीदर १३३ रुपैयाँ र ५० पैंसा कायम गरिएको छ।

Skip This