काठमाडौँ-संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। चारदिने औपचारिक भ्रमणका लागि गुटरेस आइतबार नेपाल आउनु भएको हो ।
गुटरेस र परराष्ट्रमन्त्री साउदबीच सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा आइतबार दिउँसो भेटवार्ता भएको हो । परराष्ट्रमन्त्रीसँगका भेटजवार्तापछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि सिंहदरवारमै महासचिव गुटरेसले भेटवार्ता गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीसँगको भेटवार्तापछि महाहसचिव गुटरेसले आइतबार अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ।
भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गर्ने कार्यक्रम छ।




प्रतिक्रिया