अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छः पदम गिरी

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छः पदम गिरी


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीलेले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताउनु भएको छ।

प्रमुख सचेतक गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने जिम्मेवारी नेपालकै राजनीतिक दलहरुको भएको बताउनु भएको हाो । उहाँले नेपालको शान्ति प्रक्रियामा अनमिन समेत सहभागि भएको उल्लेख गर्दै त्यसकारण यसको बारेमा महासचिवले चासो राख्नसक्ने बताउनु भयो ।

उहाँले संयुक्त राष्ट्र संघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्नसक्ने बताउनु भयो।  नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको उल्लेख गर्दै नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।  यसप्रति नेपालका राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको महासचिवले यसप्रति एउटा सद्भाव राख्न सक्नुहुन्छ। हिजो अनमिन सहभागि भएर शान्ति प्रक्रिया अगाडी बढेको हो। त्यसकारणले यसलाई टुंगोमा पु¥याउनको निम्ति नेपालले के गर्दैछ भन्ने कुरा उहाँले चासो राख्नभयो। राम्रोसँग टुंगियोस् भन्ने कुरामा उहाँले सद्भाव राख्न सक्नुहुने भयो। स्वभाविक रुपमा त्यसको आफ्नै किसिमको महत्व हुनसक्छ । तर यसलाई टुंग्याउने दायित्व र जिम्मेवारी भनेको यहीँ भएका राजनीतिक दलहरुको नै हो। दलहरु नै बढी जिम्मेवार बन्नुपर्छ। दलहरुले नै यस विषयमा सोच्नुपर्छ। शान्ति प्रक्रियाका सन्दर्भमा आजसम्म भएका उपलब्धिहरु के–के छन् ? कहाँसम्म हामी पुगेका छौँ ? यि विषयमा स्वभाविक रुपले नेताहरु महासचिवसँग भेटघाट हुँदा पक्कै पनि उठ्लान्। शान्ति प्रक्रियालाई कुन ढंगले शान्ति प्रक्रियालाई टुंग्याउने मनस्थितिमा हामी छौँ भन्ने विषयहरु पनि छलफलका विषय बन्नसक्ने भयो। मुलभुत रुपमा यो विषयलाई टुंगो लगाउने काम चाहीँ देशभित्र भएका राजनीतिक शक्तिहरुको हो। उहाँले औपचारिक, अनौपचारिक हिसावले आफ्नो दृष्टिकोण राखिदिने कुरा स्वभाविक नै हो । तरपनि हाम्रो आफ्नो विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको हुनाले यसलाई टुंगो लगाउने, हाम्रै आफ्नो मौलिकतामा, हाम्रो आफ्नै विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्छ।’

उहाँले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्ने बताउनु भयो।