अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्प व्यवसायबाट देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिन्छ: अध्यक्ष ओली (फोटोफिचर)

पुष्प व्यवसायबाट देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिन्छ: अध्यक्ष ओली (फोटोफिचर)


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र आत्मनिर्भर भए मात्र सबै कुरामा आत्मनिर्भर हुन सकिने बताउनुभएको छ। 

मंलबारबाट भृकुटीमण्डपमा सुरु भएको पुष्प मेलालाई सम्बोधन गर्दै ओलीले देश पछिल्लो समय सबै कुरामा परनिर्भर हुँदै गएको बताउनुभयो। नेपाल विगतमा नेपाल धेरै कुरामा आत्म निर्भर भएकोमा अहिले फूलमा समेत परनिर्भर हुने अवस्था आएको ओलीको भनाई छ।

उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र आत्मनिर्भर अर्थतन्त्र थियो, आज हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौँ, फेरी हामी हाम्रा बढेका आवश्यकतालाई ध्यानमा राखेर आत्मनिर्भर अर्थतन्त्रमा अघि बढ्नु पर्दछ।’  

पुष्प व्यवसायबाट पनि देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो। अध्यक्ष ओलीले आत्मनिर्भर बन्न वर्तमान सरकारले प्रोत्साहन गर्न नसकेको भन्दै उहाँले निजी क्षेत्रबाट आफ्नै प्रयासमा अग्रसर हुनुपर्ने बताउनु भयो।

नेपाल फूल र फलफूलको क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढेको भन्दै फूलमा आत्मनिर्भरता हुन समय नलाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुष्प व्यवसाय र फलफूल खेती जस्ता कुराहरूमा आत्मनिर्भरताको बाटो लिएका छौँ, फलफूलमा आत्म निर्भर हुन अझै केही समय लाग्ला, तर पुष्पमा आत्म निर्भर हुन हामीलाई धेरै समय लाग्दैन।’

हिजो भन्दा नेपालमा फूलको प्रयोग निक्कै बढेको उहाँले बताउनुभयो । त्यसैले आवश्यकताको आधारमा उत्पादन बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘फलफूलहरु हिजो हामी आफ्नै बारीमा लगाउँथ्यौं। जसले गर्दा ठाउँ र हावापानीअनुसारको खेतीले हामीलाई पुरानो जमानामा आत्मनिर्भर नै बनाएको थियो। हाम्रो अर्थतन्त्र नै एउटा आत्मनिर्भर अर्थतन्त्रमा थियो हिजो । आज हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौं । फेरि हामी बढेका आवश्यकतालाई ध्यान दिएर आत्मनिर्भर हुन सक्नुपर्छ।’

कात्तिक १८ गतेसम्म चल्ने मेलामा ६० वटा व्यावसायिक स्टल रहेको आयोजकले जनाएको छ। मेला कम्तीमा ३० हजारले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास लिइएको छ।