काठमाडौं-नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्यासलमा पुग्नु भएको छ।
बुधबार दिउँसा १२ः३० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री दाहाल २ः३० बजेपछि पुग्नु भएको थियो । चियापानका लागि १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई तथा २ः३० बजेपछि विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली हँसिलो मुद्रामा गफ गरिरहेका दृश्य तस्वीरमा देख्न सकिन्छ।
एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ।





प्रतिक्रिया