काठमाडौं-नेकपा एमालेले आयोजना गरेको चियापान समारोहमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल च्यासल पुग्नु भएको छ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापानमा सहभागी हुन नेता खनाल च्यासल पुग्नु भएको हाे।
सम्मानित नेता खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले स्वागत गर्नुभयो।
निमन्त्रणा पाए पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने चियापान समारोहमा सहभागी भएनन् । पार्टी कामको सिलसिलामा भन्दै नेपाल बुधवार रौतहट पुगेका छन्।
एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ।




प्रतिक्रिया