काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिका साथ शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताउनु भएको छ।
चाडपर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सहमतिमै शान्ति प्रक्रिया टुंगो लगाउनुपर्ने बताउनु भयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई सहमतिको साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राख्नुपर्छ। सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय समुदाय खास गरी मानवअधिकार काउन्सिलले हामीलाई केही कुरा भनेको छ। ती कुराहरूलाई पनि ध्यान दिनुपर्छ।’
शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन बुधबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच छलफल भएको ओलीको भनाइ थियो।
उहाँले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन अब ढिलाइ गर्न नहुने समेत बताउनु भयो। साथै ओलीले चियापान समारोहमा उपस्थित भएकाहरूलाई धन्यवादसमेत दिनु भयो।




प्रतिक्रिया