काठमाडौँ–सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आएपनि यो पटक बिहीबार बसेको छ ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ ।
सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।






प्रतिक्रिया