काठमाडौँ–भूकम्पपीडितको राहतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।
भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।




प्रतिक्रिया