अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी लोकमार्ग अभियानलाई सफल बनाउन एमाले सिन्धुपाल्चोक, दोलखा र काभ्रेको संयुक्त बैठक

मध्यपहाडी लोकमार्ग अभियानलाई सफल बनाउन एमाले सिन्धुपाल्चोक, दोलखा र काभ्रेको संयुक्त बैठक


काभ्रे-नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोक, दोलखा र काभ्रेको संयुक्त बैठक काभ्रेको दोलालघाटमा आइतबार सम्पन्न भएको छ। 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा सम्पन्न भएको तीन जिल्लाको संयुक्त बैठकमा मध्यपहाडी लोकमार्ग विशेष अभियानका बारेमा छलफल भएको छ।

नेकपा (एमाले) ले आगामी मङ्सिरको दोस्रो हप्ताबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्दै छ। सोही अभियानको तयारी तथा अभियान सफल बनाउनका लागि आवश्यक योजना तथा निर्णयहरू गर्न एमाले सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लाको संयुक्त बैठक बसेको हो। 

संयुक्त बैठकमा एमालेका उपमहासचिव ज्ञवालीले मध्य पहाडी लोक मार्ग विशेष अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारीमा लाग्न तिनै जिल्लाका पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ। 

२०७३ एमालेले जसरी मेची महाकाली अभियान सुरु गरेको थियो। सोही अनुसार मध्य पहाडी लोक मार्गका साथै हुलाकी राजमार्गमा अभियान सञ्चालन गर्ने एमालेको तयारी छ। यो अभियानले युवाहरूलाई पार्टीको काममा सक्रिय बनाउने एमालेको विश्वास छ।

बैठकमा बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल,एमाले केन्द्रिय सदस्य सरेस नेपाल,नेता किरण पौडेललगायतको उपस्थिति रहेको थियो।