अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनाको आयोजनामा रक्षा संवाददातालाई अभिमुखीकरण

नेपाली सेनाको आयोजनामा रक्षा संवाददातालाई अभिमुखीकरण


काठमाडौँ-नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिबारे जानकारी गराउने उद्देश्यले प्रतिरक्षा र सुरक्षा विधामा कार्यरत सञ्चारकर्मीका लागि अभिमुखीकरण आयोजना गरिएको छ।

कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा प्रस्तुतीकरण तथा छलफल हुनेछ। सहभागीलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको स्थलगत भ्रमण गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ। 

जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले संविधानद्वारा निर्देशित तथा राज्यबाट प्राप्त जिम्मेवारी वहन गर्दै मातृभूमिको रक्षा तथा विकास निर्माणको क्षेत्रमा नेपाली सेना समर्पित रहेको बताउनुभयो। उहाँले सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप व्यावसायिक बनाउन अभिमुखीकरण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। पाँच दिनसम्म चल्ने अभिमुखीकरणमा २६ पत्रकारको सहभागिता छ।

Skip This