अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले घरमै पुगेर काट्यो चिट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले घरमै पुगेर काट्यो चिट


कैलाली-ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै पुगेर कारबाही अर्थात् ‘चिट’ काटेको छ।

बिना हेलमेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले निवासमै पुगेर चिट काटेको हो। मुख्यमन्त्री शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ।

मुख्यमन्त्री शाहले मंगलबार साँझ आफ्नै आँगनमा मोटरसाइकल चलाएका थिए। मोटरसाइकल चलाउँदा हेल्मेट लगाएका थिएनन्। उनले मोटरसाइकल चलाएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

ट्राफिक प्रहरीले काटेको ‘चिट’मा हेल्मेट नलगाइ सवारी चलाएको उल्लेख छ। ट्राफिक प्रहरीले मुख्यमन्त्री शाहलाई नै ‘चिट’ थमाएको हो। ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।

Skip This