अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउन १ देखि काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन, पहिलो चरणमा ८ बस गुड्ने

साउन १ देखि काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन, पहिलो चरणमा ८ बस गुड्ने


काठमाडौं-आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सञ्चालनमा आउने भएको छ।

सरकारले साउन १ देखि पहिलो चरणमा आठ वटा ब्लु बस सञ्चालनमा ल्याउन लागेको हो। सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गर्ने योजना छ। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ। काठमाडौं उपत्यकामा प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ।

चक्रपथ (रिङरोड) क्षेत्रमा चारवटा बस सञ्चालन गरिनेछन्। जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन हुनेछन् ।

Skip This