अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाटन अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

पाटन अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द


काठमाडौँ–पाटन अस्पतालमा आकस्मिकबाहेकको सबै सेवा बन्द गरिएको छ । शनिबार अस्पतालमा मृत्यु भएका दुई बिरामीका आफन्तले अस्पतालका चित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीले कार्यस्थलमा काम गर्ने वातावरण सुरक्षित नभएसम्म र दोषीलाई कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै  सेवा बन्द गर्ने बताएका छन् ।