अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको कटाक्ष: नयाँ भन्नेसँग पनि केही छैन, थाहा भइसक्यो नि !

गोकुल बास्कोटाको कटाक्ष: नयाँ भन्नेसँग पनि केही छैन, थाहा भइसक्यो नि !


काठमाडौं-नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको बताउनु भएको छ।

नेकपा एमाले चौरीदेउराली काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको छ भन्दै कटाक्ष गर्नुभयो।

रास्वपाको बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले प्रतिनिधिसभाको चौथो ठूलो दल भएकाले भूकम्पको ‘पुनर्निमाणको ठेक्का’ सरकारसँग मागेपछि नेता बास्कोटाले कटाक्ष गर्नुभएको हाे।

उहाँले भन्नुभयो, ‘नयाँ नयाँ। नयाँसँग पनि केही छैन। देखिसक्या छ, थाहा भइसक्यो नि ! पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भए जस्तो। केही मतलबको कुरा छैन। एउटा देश निर्माणको लागि जनता सबैभन्दा महत्वपूर्ण हुन्।’

उहाँले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन अब सम्भव नभएकोसमेत बताउनु भयो।

बास्कोटाले भन्नभयो, ‘मान्छे चिहानमा पुगिसकेको, वंशको आधारमा रहेको, गाँजा खाँदै हिँडे पनि हुने, त्यस्तो मान्छे परिवारको त्यो पनि पुरुषै हुनुपर्ने पारिवारिक र वंशजको तन्त्रमा आधारित इतिहासमा सबैभन्दा बढी विवादित भएको धेरै समय शासन सत्ता सम्हालेको, त्यो पनि एकलौटी चलाएको शक्ति फर्काउँछु भन्छन्, त्यो सम्भव छैन।’