अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा गोली लागेर सशस्त्र प्रहरीका एक जवानको मृत्यू

दाङमा गोली लागेर सशस्त्र प्रहरीका एक जवानको मृत्यू


दाङ – दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका(७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित आज पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताउनुभयो ।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताउनुभयो ।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

Skip This