अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक बन्द गर्ने प्रचण्ड सरकारको निर्णय खेदजनकः राजेन्द्र गौतम

टिकटक बन्द गर्ने प्रचण्ड सरकारको निर्णय खेदजनकः राजेन्द्र गौतम


काठमाडौं-नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सना योग्य भएको टिप्पणी गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सना योग्य, स्वेच्छचारी कदम भएको बताउनु भएको हो।

प्रचार विभाग प्रमुख गौतमले यसको नियमन गर्नुपर्दा कानून बनाएर गर्नुपर्ने बताउनु भयो। उहाँ फेसबुकमा लेख्नुहुन्छ, ‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने, दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रष्ट भएको खुलासा भएको छ।’