काठमाडौं-चलचित्र ‘दिमाग खराब’ का निर्माताहरु र नेपाल चलचित्र संघको कार्य समितिबीच भएको छलफल सकारात्मक भएपछि आगामी मंगलबारसम्म प्रदर्शन नरोकिने भएको छ।
नेपाल चलचित्र संघ र फिल्म टिमबीच मंसीर ५ गते वार्ता बस्ने सहमती भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने जानकारी दिएको हो।
सहमतिअनुसार मंगलबार अन्य बाँकी बुँदाहरुमा पनि छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएकाले मंसिर ५ गतेसम्म पूर्ववत रुपमा नै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन हुने संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ।
निर्माण पक्षले हिन्दी चलचित्रकै बराबर सो नपाए शुक्रबारदेखि ‘दिमाग खराब’ को प्रदर्शन रोक्ने बताएका थिए।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिनुभयो । ‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ।




प्रतिक्रिया