अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राधिकरणको आग्रह–टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउनू   

प्राधिकरणको आग्रह–टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउनू   


काठमाडौँ–नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ ।  

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन आग्रह गरेको हो ।  

प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरेर/नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ । 

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

 टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । त्यसको सुनुवाइ सोमबार हुँदै छ ।