अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा ज्येष्ठ नागरिकलाई लौरो वितरण

सभामुख घिमिरेद्वारा ज्येष्ठ नागरिकलाई लौरो वितरण


बिर्तामोड-बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका १५० ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ।
सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गर्नुभयो।

कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताउनु भयो। उहाँले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यही लौरोले खबरदारी गर्न आग्रह समेत गर्नुभयो। सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उहाँहरुको सम्मान जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ। सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो।