काठमाडौं-नेकपा (एमाले) ले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा चिसोका कारण बिरामी परेर समयमा उपचार नपाएर दश जनाको मृत्यु भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले वृद्ध, दीर्घरोगी, बालबालिका, महिला, सुत्केरीहरूलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दु:ख घटना घटेको उल्लेख गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
एमालेले समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न माग गरेको छ।







प्रतिक्रिया