अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै, १२ टिमको सहभागिता हुने

पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै, १२ टिमको सहभागिता हुने


पोखरा–पोखरामा मंसिर ७ गतेदेखि केपी ओली राष्ट्रिय कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । 

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अनुसार  प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।

त्रिभुवन क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागी जनाउने एकेडेमीको क्रिकेट विभाग संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार एकेडेमीले आफ्ना दुई टिम उतार्ने बताएको छ । 

खेल तालिका अनुसार ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम तथा ग्रुप ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् । 

मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन दुईवटा खेल हुनेछन् । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बिच प्रतिस्पर्धा हुनेछ । 

उपाधि विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत पुरस्कार राखिएको छ ।