अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा


काठमाडौं-टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ।

न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो।

प्रतिबन्धविरुद्ध परेका करिब १०  रिटको सुनुवाइ न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोकिएको थियो । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा.कुमार चुडालको इजलासमा हुन लागेको हो।  सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो।