अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्छ : अध्यक्ष अर्याल

टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्छ : अध्यक्ष अर्याल


काठमाडौँ-अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा.कुन्दन अर्यालले टिकटक प्रतिबन्धको निर्णय बदर हुनुपर्ने बताउनुभएको छ । 

सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताउनुहुँदै उहाँले टिकटक प्रतिबन्ध फिर्ता हुनुपर्ने बताउनुभएको हो। 

उहाँले सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरूको तुलना गर्दा सबै राजनीतिक दलहरू यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पार्नुभयो।

टिकटक प्रतिबन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिबन्ध लगाएको बुझ्न सकिने उहाँको भनाइ छ। 

अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताउनुभयो। 

उहाँले टिकटकमा प्रतिबन्ध लाग्दा संसारभर राम्रो सन्देश नगएको पनि बताउनुुभयाे। उहाँले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताउनुभयो।

अध्यक्ष अर्यालले भन्नुभयो, ‘टिकटकको प्रतिबन्ध सबै राजनीतिक दलका नेताहरूको मिलेमतोमा नै भएको हो। टिकटकमा प्रतिबन्ध बन्देजमुखी कदम हो। भारतमा प्रतिबन्ध लगाइयो, नेपालले पनि त्यही बाटो समात्यो। कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदै छ भनेर पनि समाचार आएका छन्। अमेरिका जस्ता देशहरूले के गरेभन्दा यसमा सुरक्षाको प्रश्न उठाए। खासगरी तथ्याङ्कको सुरक्षाको प्रश्न उठाएर अफिसियली सुरक्षाको कुरा उठाएर बन्द गरे। सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ। यो प्रतिबन्धलाई कुनैपनि हालतमा अदालतले बदर गर्छ होला।’

Skip This