अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन 

सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन 


काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल भुक्तानी गर्न निर्देशन दिएको छ । 

प्राधिकरणले स्थानीय निकायहरूले सडक बत्ती बापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत् उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न निर्देशन दिएको हो । 

प्राधिकरणले आज सूचना जारी गर्दै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई ग्राहक कायम गराउन तथा सडक बत्ती बापतको बक्यौता महसुल बुझाउन भनेको छ । 

Skip This